काठमाडौं । लिभरपुल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति प्रिस्टोन नर्थलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुल अन्तिम आठमा पुगेको हो ।
लिभरपुलको जितमा ताकुमी मिनामिनो र डिभोक ओरिगीले एक एक गोल गरे ।

खेलको ६२ औं मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए ।
यस जितसँगै लिभरपुल सबैखाले प्रतियोगिताको २३ खेलसम्म अपराजित रहेको छ ।
