काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी काराबाओ कप फुटबलबाट बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाईटेडसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएपछि सिटी बाहिरिएको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा वेस्ट ह्याम सफल हुँदै क्वाटरफाइनलमा पुगेको छ ।
पेनाल्टीमा वेस्ट ह्यामका मार्क नोबल, जारोड बोवेन, क्रेग डासन,आरोन क्रेस्वेल र साइद बेन्ह्रामाले गोल गरे ।
सिटीका ज्याक ग्रेलिस, ग्राबियल जिसस र जोआ कान्सेलोले गोल गरे ।
सिटीका फिल फोडेनले गोल गर्न सकेनन् ।

टोटेनहम र लेस्टर सिटी पनि क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
टोटेनहमले बर्नलीलाई १-० ले पराजित गर्यो ।
लेस्टरले पेनाल्टीमा ब्राइटनलाई ४-२ ले हरायो ।
यस्तै स्टोक सिटीलाई २-१ ले हराएर ब्रेन्टफोर्ड पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।