काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त भएका छन् ।
स्पेनिस ला लिगा अन्तर्गत रायो भालेकानोविरुद्ध १-० ले पराजित भएपछि बार्सिलोनाले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।
बार्सिलोनाले नियुक्त गरेको १४ महिना पछि नै कोम्यानलाई बर्खास्त गरेको हो ।
५८ वर्षीय कोम्यान २०२० को अगस्टमा बार्सिलोनाका मुख्य प्रशिक्षक चयन भएका थिए।
तर, डच प्रशिक्षक कोम्यानको नेतृत्वमा रहेको बार्सिलोनाले पछिल्लो समय खराब प्रदर्शन गरिरहेको छ ।
बार्सिलोना ला लिगामा नवौं स्थानमा रहेको छ ।
बार्सिलोनाले कोम्यानको स्थानमा बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीलाई मुख्य प्रशिक्षक बनाउने चर्चा चलेको छ ।
जाभी कतारको क्लब अल सादको मुख्य प्रशिक्षक रहेका छन् ।