काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित भएको हो ।
भालेकानोको जितमा राडमेल फाल्काओले निर्णायक गोल गरे ।
उनले खेलको ३० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
खेलको दोस्रो हाफमा बार्सिलोनाले बराबरी गोल फर्काउने अवसर पाएको थियो ।
तर,७२ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्न सकेनन् ।
उनको प्रहार भालेकानोका गोलकिपर स्टोलले बचाएका थिए ।

यस जितसँगै भालेकानोले ११ खेलमा १९ अंक जोडेको छ ।
भालेकानो पाँचौं स्थानमा उक्लिएको छ ।
बार्सिलोना १५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
