काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ ।
बुधबार राति भएको खेलमा युभेन्ट्स सासोउलोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
युभेन्ट्स घरेलु मैदानमै पराजित भएको हो ।
खेलको ४४ औं मिनेटमा डाभिड फ्राटेस्सीले गोल गर्दै सासोउलोलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ७६ औं मिनेटमा वेस्टन म्याकेन्नीले गोल गर्दै युभेन्ट्सलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको इन्जुरी समयमा म्याक्सिम लोपेजले गोल गर्दै सासोउलोलाई २-१ को जित दिलाए ।
जितसँगै सासोउलोले १० खेलमा १४ अंक जोडेको छ । सासोउलो नवौं स्थानमा रहेको छ ।
युभेन्ट्सले १० खेलमा १५ अंक जोडेको छ । युभेन्ट्स सातौं स्थानमा रहेको छ ।