काठमाडौं । धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार धनकुटा नगरपालिकालाई ५-० गोल अन्तरले पराजित गर्दै धनगढीले सुखद सुरुआत गरेको हो ।
धनगढीको जितमा रेखा पौडेलले ह्याट्रिक गरिन् । चन्द्रा भण्डारी र सिमा रावलले १/१ गोल गरिन् ।
अर्को खेलमा गोदावरी नगरपालिकाले पोखरा महानगरपालिकालाई ६-० ले हराएको छ ।
गोदावरीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन् । विमला चौधरीले २ तथा हिमा चौधरीले एक गोल गरिन् ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।