काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारका डिफेन्डर अशोक खवासले क्लबसँगको सम्झौता नवीकरण गरेको छ ।
थ्री स्टारले बुधबार सामाजिक संजालबाट डिफेन्डर अशोकले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले अशोकसँगको सम्झौता नवीकरण गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।

नयाँ सिजनको लिगको लागि थ्री स्टारले कप्तान बिक्रम लामा, गोलकिपर प्रिसो डिफेन्डर अनन्त तामाङ, जीवन गुरुङ, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी, विजय भुजेल र निशान खड्कासँगको सम्झौता नवीकरण गरिसकेको छ ।
त्यस्तै युवा गोलकिपर अरुण ब्लोन, डिफेन्डर आश्विन भट्टराई, युवा विंगर ऋतिक खड्का, मिडफिल्डर लाकेन लिम्बु, मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको छ ।