काठमाडौं । अष्ट्रेलियाको एडिलेड युनाइटेड फुटबल क्लबका स्टार खेलाडी जोस काभालोले आफू समलिङ्गी भएको खुलासा गरेका छन् ।
२१ वर्षीय काभालोले समाजिक सञ्जालमार्फत आफू समलिङ्गी भएको खुलासा गरेका हुन् ।
शीर्ष वरीयताको व्यावसायीक फुटबल खेल्ने काभालो आफूलाई सार्वजनिक रुपमै समलिङ्गी बताउने पहिलो पुरुष खेलाडी हुन् ।
अष्ट्रेलियाको ए–लिग स्टार काभालोले यसबारेमा सार्वजनिकरुपमा बोल्दा आफूलाई सहज भएको तथा यसले अरुलाई पनि सार्वजनिक रुपमा अगाडी आउन प्रेरित गर्ने बताए ।
उनले आफूले दोहोरो जीवन जिउँदै आइरहेको तथा आफू को हो भन्ने कुरा लुकाउने गरेको समेत जनाए ।