काठमाडौं । माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली नगदसहित सम्मानित भएका छन् ।
नेपाली काग्रेस तरुण विभागले बुधबार साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरेको हो ।
नेपाली टोलीका खेलाडी र प्रशिक्षकहरुलाई गृहमन्त्री बालकृष्ण खाँडले सम्मानित गरे ।
खेलाडीलाई प्रदान गरिएको नगद पुरस्कार भने खुलाईएको छैन ।
यस अघि सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५/५ लाख दिने निर्णय गरिसकेको छ ।
यस्तै प्रशिक्षकहरुलाई ३/३ लाख दिने निर्णय गरेको थियो ।
मालेमा गत शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।