काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा फर्पिङ स्पोर्ट्स क्लबलाई ४-१ गोल अन्तरले पराजित आर्मीले दोस्रो जित निकालेको हो ।
यस जितसँगै आर्मीले क्वाटरफाइनलमा स्थान बनाएको छ । आर्मीले २ खेलमा ६ अंक जोड्यो ।
आर्मी समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
आर्मीलाई जित दिलाउन राजु तामाङले दुई गोल गरे । यस्तै विकर्ण श्रेष्ठ र नविन न्यौपानेले एक एक गोल गरे ।
फर्पिङका निरज श्रेष्ठले एक गोल फर्काए ।
पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७-१ गोल अन्तरले हराएको थियो ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।