काठमाडौं । गैडाकोट नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार हेटौडा उपमहानगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै गैडाकोटले सुखद सुरुआत गरेको हो ।
गैडाकोटको जितमा ऋतु तामाङले निर्णायक गोल गरिन् ।
जितसँगै समूह एफको गैडाकोटले महत्वपूर्ण ३ अंक जोडेको छ । र, नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।