जिरुडको गोलमा मिलान शीर्ष स्थानमा
बुधबार, कार्तिक १०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
मिलानको जितमा ओलिभर जिरुडले निर्णायक गोल गरे । उनले खेलको १४ औं मिनेट गोल गरेका थिए ।
यस जितसँगै मिलान शीर्ष स्थनमा उक्लिएको छ ।
मिलानले १० खेलमा २८ अंक जोडेको छ ।
टोरिनो ११ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।






-1763309767672.webp&w=3840&q=75)






