काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का मिडफिल्डर मार्को भेराट्टी ४ साता मैदान बाहिर रहने भएका छन् ।
पीएसजीले चोटको कारण भेराट्टी ४ साता मैदान बाहिर रहने जनाएको छ ।
भेराट्टीले मार्सेविरुद्धको खेलमा चोट बोकेको बताईएको छ । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।
२८ वर्षीय इटालियन मिडफिल्डरलाई 'हिप इन्जुरी' भएको बताईएको छ ।
भेराट्टीले अब च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइपजिगविरुद्धको खेल समेत गुमाउने छन् ।