रोहित आबद्द पर्सिजा पराजित
मंगलबार, कार्तिक ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता ईन्डोनेसियाको लिग वान फुटबलमा पराजित भएको छ ।
मंगलबार भएको खेलमा जकार्ताले पर्सेबाया सुराबायासँग १-० गोल अन्तरले पराजित भएको हो ।
सुराबायाको जितमा ताइसी मुरुकावाले २५ औं मिनेटमा निर्णायक गोल गरे ।
यस हारसँगै जकार्ताले ९ खेलमा १३ अंक जोडेको छ । जकार्ता सातौं स्थानमा रहेको छ ।
सुराबाया १३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।










-1763309767672.webp&w=3840&q=75)


