पोखरा र बुटवलको जित

काठमाडौं । पोखरा-११ भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार पोखराले श्री कुमारी भेट्रान्स क्लबलाई ७-० गोल अन्तरले हराएको हो ।
पोखराको जितमा विजय गुरुङ र मनोज गुरुङले ह्याट्रिक पूरा गरे । संजय गुरुङले एक गोल गरे ।
अर्को खेलमा बुटवल नगरपालिकाले वेस्ट चितवनलाई १-० ले हराएको छ ।
बुटवलको जितमा यामु रानाले निर्णायक गोल गरे ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।










-1763309767672.webp&w=3840&q=75)


