काठमाडौं । इलामको रोङ गाउँपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार सिमकोट गाउँपालिकालाई ११-० गोल अन्तरले पराजित गर्दै रोङले पहिलो जित निकालेको हो ।
रोङको जितमा इन्दिरा राईले ५ गोल गरिन् । अनिता राईले ह्याट्रिक पूरा गरिन् ।
त्यस्तै विमला बिक, दिपा राई र अनिशा राईले एक एक गोल गरिन् ।

पहिलो खेलमा रोङले काठमाडौं महानगरपालिकासँग गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।