काठमाडौं । नेपाली काग्रेस तरुण विभागले माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।
तरुण विभागले मंगलबार विज्ञप्ति निकाल्दै साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरुलाई नगदसहित सम्मान गरिने जनाएको छ ।
तरुण विभागले बुधबार राष्ट्रिय सभागृहमा साफ उपविजेता टोलीलाई सम्मान गरिने जनाएको छ ।
यस अघि सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५/५ लाख दिने निर्णय गरिसकेको छ ।
यस्तै प्रशिक्षकहरुलाई ३/३ लाख दिने निर्णय गरेको थियो ।
मालेमा गत शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।