काठमाडौं । रियल मड्रिडको डगआउटमा केही सफल वर्ष बिताएपछि जिनेदिन जिदानले त्यसको अन्त्य भने सुखद गर्न सकेनन् ।
अहिले जिदान आराम गरिरहेका छन् र आफ्नो परिवारसँग समय बिताइरहेका छन् । उनी सक्रिय फुटबलबाट टाढा भएको पनि पाँच महिना भइसकेको छ । तर यी फ्रान्सेली प्रशिक्षकको माग भने जताततै छ ।
त्यो पनि युरोपका ठूला क्लबबाटै । आइतबार रियल मड्रिडले एल क्लासिकोमा बार्सिलोनाको सामना गर्दा उनी आफ्नो प्रिय टिमको खेल हेर्न जाने तर्खरमा छन् ।
उनीमाथि सबैभन्दा बढी रूचि देखाइरहेको क्लब हो, इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर युनाइटेड । यस्तै रूचि पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट पनि आइरहेको छ ।
अथवा हुन सक्छ, केही दिन अथवा वर्षमा उनले फ्रान्सेली टिम पनि सम्हाल्ने सक्ने छन् । सम्भवत: जिदान क्लब फुटबल नै हेर्न चाहन्छन्, त्यसैले म्यानचेस्टर र पीएसजीले केही खराव खेल्यो कि उनको नाम चर्चामा आइहाल्छ ।
भर्खर अर्को इंग्लिस प्रिमियर लिग क्लब न्युकासल युनाइटेडमा साउदी अरेबियाली लगानी आएको छ ।
यसैक्रममा न्युकासल इंग्ल्यान्डकै सबैभन्दा धनी क्लब पनि भएको छ । यो क्लबका प्रमुख प्रशिक्षक पद पनि खालि छ । त्यसैले न्युकासल पनि जिदानको सम्भावित गन्तब्यमध्ये एक रहेको छ ।
यी सबै सम्भावनाबीच सबैभन्दा बलियो सम्भावना म्यानचेस्टरकै छ, किनभने क्रिस्टियानो रोनाल्डो आफै जिदान ल्याउन सक्रिय छन्, यस्तै सुनिन्छ ।
–मार्काको सहयोगमा ।