विकासले च्यासलबाट 'ए' लिग खेल्ने

काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।
युवा स्ट्राइकर विकासले शुक्रबार 'ए' डिभिजन क्लब च्यासलसँग सम्झौता गरेका छन् ।
विकासले एक वर्षका लागि च्यासलसँग सम्झौता गरेका हुन् ।
नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
च्यासलले विदेशी खेलाडीको रुपमा विकासलाई अनुबन्ध गरिएको जनाएको छ ।
च्यासलले विकासलाई सार्वजनिक समेत गरेको छ ।
विकासले च्यासलमा १० नम्बरको जर्सी लगाउने छन् ।
'ए' डिभिजन लिग खेल्नका लागि विकास मंगलबार साँझ नेपाल आईपुगेका थिए ।
१८ वर्षीय विकासले पछिल्लो समय इटालीका चर्चा कमाईरहेका छन् ।
इटालीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास इटालीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्ने गर्छन् ।
उनले भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट खेलिसकेका छन् ।
सन् २००८ मा ६ वर्षको उमेरमा नेपालबाट इटाली पुगेका विकाशलाई १३ वर्षपछि नेपाल आएका हुन् ।