आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

२०२५ सेप्टेम्बर २१, आइतबार

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

काठमाडौं। बार्सिलोना प्रशिक्षक हान्सी फ्लिकले आफ्ना युवा स्टार लामिन यमलले एक दिन ‘बालोन डी’ओर’ जित्ने विश्वास व्यक्त गरेका छन्।

आगामी सोमबार पेरिसमा विश्वकै उत्कृष्ट फुटबलरलाई दिइने वार्षिक अवार्डका प्रमुख दाबेदारमध्ये यमल पनि एक हुन्। ‘एक दिन लामिनले यो ट्रफी उठाएको हामी देख्नेछौं,’ बार्सिलोनाको प्रशिक्षण मैदानमा आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा फ्लिकले शनिबार भने।

गत जुलाईमा १८ वर्ष पूरा गरेका यमलले बार्सिलोनालाई गत सिजन ला लिगा र कोपा डेल रे जिताउन मद्दत गरेका थिए। साथै उनले क्लबलाई च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुर्‍याए। अन्तर्राष्ट्रिय स्तरमा उनले सन् २०२४ को जुलाईमा स्पेनलाई युरोपियन च्याम्पियनसिप जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए।

यमलसहित बार्सिलोनाका राफिन्हा, पेड्री गोन्जालेज र रोबर्ट लेवान्डोस्की पनि यो अवार्डका लागि मनोनित छन्। पेरिस सेन्ट–जर्मेनका उस्मान डेम्बेले पनि मनोनित भएका छन्। उनले आफ्नो क्लबलाई पहिलो च्याम्पियन्स लिग उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसैले उनलाई पनि प्रमुख दाबेदार मानिएको छ।

फ्लिक पनि उत्कृष्ट प्रशिक्षकको अवार्डमा मनोनित भएका छन्। महिलातर्फ लगातार दुई वर्ष विजेता बनेकी एइताना बोनमातीसहित बार्सिलोनाका ६ खेलाडी ‘विमेन्स बालोन डी’ओर’का लागि मनोनित भएका छन्।

‘मेरो लागि मनोनित हुनु नै ठूलो सम्मान हो,’ फ्लिकले भने,‘हेरौं, जसले यो ट्रफी जित्छन्, सबै त्यसका योग्य छन्।’ फ्लिकले थपे,‘म यसलाई आनन्दपूर्वक लिन चाहन्छु। विजेताप्रति सम्मान देखाउन चाहन्छु। यो मेरो लागि महत्त्वपूर्ण कुरा हो।’

गत वर्ष रियल dड्रिडले आफ्ना खेलाडी भिनिसियस जुनियरले अवार्ड नजित्ने थाहा पाएपछि कार्यक्रममै भाग लिएको थिएन। सो अवार्ड म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका थिए।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

Bhat Bhateni
श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

‘यमलले एक दिन बालोन डी’ओर जित्ने छन्’

गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन