श्रीलंका हार्दा नेपाल सेमिफाइनलमा
२०२५ सेप्टेम्बर २१, आइतबार

काठमाडौं। नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
कोलम्बो रेसकोर्समा सोमबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा बंगलादेशले घरेलु टोली श्रीलंकाविरुद्ध ४–० को फराकिलो जित निकालेसँगै नेपालले अन्तिम चारको स्थान सुरक्षित गरेको हो।
दुवै खेलमा जित हात पारेको बंगलादेश समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो। बंगलादेशले आफ्नो पहिलो खेलमा नेपाललाई ४–० ले नै पाखा लगाएको थियो।
नेपाल भने समूहको उपविजेता बन्यो। नेपालले पहिलो खेलमा श्रीलंकामाथि २–० को जित हात पारेको थियो।