काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेसले लिभरपुलविरुद्धको खेल गुमाउन सक्ने भएका छन् ।
प्रशिक्षणको दौरान चोट बोकेपछि अट्याकीङ मिडफिल्डरले लिभरपुलविरुद्धको खेल गुमाउने सम्भावना बढेको हो ।
उनले बिहीबार प्रशिक्षणमा चोट बोकेको बताईएको छ ।
प्रिमियर लिग अन्तर्गत युनाईटेडले आइतबार लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा हुनेछ ।
२७ वर्षीय पोर्चुगिज मिडफिल्डर युनाईटेडका मुख्य खेलाडी हुन् । तर, उनले चोट बोकेपछि युनाईटेडलाई धक्का लागेको छ ।
यस सिजन ब्रुनोले युनाईटेडका लागि ४ गोल गर्नुका साथै ६ असिस्ट गरेका छन् ।