काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारका गोलकिपर प्रिसोले क्लबसँगको सम्झौता नवीकरण गरेको छ ।
थ्री स्टारले शुक्रबार सामाजिक संजालबाट गोलकिपर प्रिसोले सम्झौता नवीकरण गरेको जनाएको छ ।
प्रिसोले १ वर्षका लागि थ्री स्टारसँग सम्झौता नवीकरण गरेका हुन् ।
सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले प्रिसोसँगको सम्झौता नवीकरण गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
प्रिसो लिगका लागि यसै साता नेपाल आईपुगेको थ्री स्टारले जनाएको छ ।
थ्री स्टारसँगको सम्झौतापछि प्रिसोले उपाधिका लागि लड्ने बताए ।
'थ्री स्टार मेरो हृदयमा छ । यहाँको वातावरण माया, समर्थन र प्रेरणाले भरिएको छ,' उनले भने, 'हामी लिगमा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वास गर्दछौं । हामी सबै उपाधि जित्नका लागि कठिन लडाई गर्नेछौ ।'
अघिल्लो पटकको लिग समेत उनले थ्री स्टारबाट नै खेलेका थिए ।
थ्री स्टार यसै सिजनका लागि युवा गोलकिपर अरुण ब्लोनलाई अनुबन्ध गरिसकेको छ ।
यस्तै थ्री स्टारले कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरिसकेको छ ।
त्यस्तै युवा डिफेन्डर आश्विन भट्टराई, युवा विंगर ऋतिक खड्का, मिडफिल्डर लाकेन लिम्बु, मिडफिल्डर आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।