काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत इटालीको फुटबल क्लब नापोलीले पहिलो जित हात पारेको छ ।
समूह ‘सि’ अन्तर्गत इटालीको सान पाओलो मैदानमा शुक्रबार विहान भएको खेलमा नापोलीले पोल्यान्डको लेजियालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
नापोलीको जितमा लोरेन्जो इनसिंग्ने, भिक्टर ओसिमहेन र माटियो पोलिटानोले एक–एक गोल गरे ।
लोरेन्जोले ७६ औ मिनेटमा गोल गर्दै नापोलीलाई अग्रता दिलाए ।
भिक्टरले ८० मिनेटमा नापोलीको अग्रता दोब्बर बनाउदा माटियोले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै नापोलीलाई सानदार जित दिलाए ।
जितसंगै नापोली चार अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने लेजिया छ अंकसहित शीर्षस्थानमा यथावत छ ।
लेस्टर चार अंक र स्र्पाटक मोस्कभा तीनअंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् ।