काठमाडौं । वेस्ट ह्याम युनाइटेड युरोपा लिगको नकआउट चरण नजिक पुगेको छ ।
बेल्जियमको जेन्कलाई ३–० गोल अन्तरले पराजित गर्दै वेस्ट ह्याम नकआउट चरण नजिक पुगेको हो ।
समूह ‘एच’ अन्तर्गत लन्डन स्टेडियममा शुक्रबार बिहान भएको खेलमा वेस्ट ह्यमलाई जित दिलाउन क्रेग डाउसन, इसा डियोप र जारोड वावेनले एक–एक गोल गरे ।
डाउसनले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।
डियोपले ५७ औं मिनेटमा गोल गर्दै आग्रता दोब्बर बनाए । वावेनले ५८ मिनेटमा क्लबका लागि तेस्रो गोल गर्दै वेस्ट ह्यामको जित सुनिश्चित गरे ।
आफ्ना सबै तीन खेल जितेको वेस्ट ह्याम ९ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ ।
एक–एक जित हात पार्दै तीन–तीन अंक जोडेको डिनामो जागरेवा, रापिड वियन र जेन्क क्रमश दोस्रोदेखि चौथौ स्थानमा रहेका छन् ।