टोटेनहम पराजित
२०२१ अक्टोबर २२, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । युरोपा कन्फरेन्स लिगमा इंग्लिस क्लब टोटेनहम पराजित भएको हो ।
बिहीबार राति भएको खेलमा टोटेनहम डच क्लब भिटेससँग १-० गोल अन्तरले पराजित भएको हो ।
भिटेसको जितमा माक्सिमिलियन विटेकले निर्णायक गोल गरे ।
उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।
यससँगै भिटेसले युरोपियन प्रतियोगितामा पहिलो पटक इंग्लिस क्लबविरुद्ध जित निकाल्न सफल भएको छ ।
जितसँगै समूह जी को भिटेसले ३ खेलमा ६ अंक जोडेको छ ।
भिटेस समूहको दोस्रो स्थानमा रहेको छ ।
टोटेनहम ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।