रोमाको लजास्पद हार
२०२१ अक्टोबर २२, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । युरोपा कन्फरेन्स लिगमा इटालियन क्लब रोमाले फराकिलो हार व्यहोरेको छ ।
बिहीबार राति भएको खेलमा रोमा नर्वेको क्लब बोडो ग्लिम्टसँग ६-१ गोल अन्तरले पराजित भएको हो ।
बोडोको जितमा एरिक बोथिम र ओला सोल्बाकेनले २/२ गोल गरे ।
प्याट्रिक बर्ज र अमहल पेल्लिग्रेनोले १/१ गोल गरे ।
रोमा चार्ल्स परेजले १ गोल फर्काए ।
यस जितसँगै समूह सी को बोडोले ३ खेलमा ७ अंक जोडेको छ ।
बोडो समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
रोमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।