काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले च्याम्पियन्स लिग अन्तर्गत आरबी लाइपजिगविरुद्धको खेल गुमाउने भएका छन् ।
चोटको कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् ।
ब्राजिलियन नेयमारले विश्वकप छनोट दौरान चोट बोकेका थिए । विश्वकप छनोटमा नेयमारले उरुग्वेविरुद्ध खेलेका थिए ।
पीएसजीले सोमबार नेयमारले च्याम्पियन्स लिगको खेल गुमाउने पुष्टि गरेको छ ।
पीएसजीले मंगलबार राति लाइपजिगविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
पीएसजीले घरेलु मैदानमा लाइपजिगको सामना गर्नेछ ।
समूह ए मा रहेको पीएसजी ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
लाइपजिगले अंक जोड्न सकेको छैन