काठमाडौं । सरकारले माल्दिभ्समा भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई पुरस्कार स्वरूप जनही ५/५ लाख दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली टोलीका खेलाडीलाई जनही ५ लाख उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै प्रशिक्षकहरुलाई ३/३ लाख दिने निर्णय गरेको छ ।
मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।
नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका छन् ।