• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
खेलकुदको बिजोग : साढे ३ वर्षमा फेरिए ५ मन्त्री
खेलपाटी संवाददाता
सोमबार, कात्तिक १, २०७८ खेलपाटी संवाददाता
खेलकुदको बिजोग : साढे ३ वर्षमा फेरिए ५ मन्त्री

काठमाडौं । राजनीतिक स्थायित्व सहित २०७४ साल फागुन ३ गते तत्कालिन एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । वाम गठबन्धनको समर्थन सहित झण्डै दुई तिहाईको जनादेश सहित ओली प्रधानमन्त्रीमा आए । राजनीतिक स्थायित्व र स्थिर सरकार मुख्य राजनीतिक नारा थिए ।

तर उनै ओलीले आफ्नो प्रधानमन्त्री कालमा झण्डै चार पटक खेलकुद मन्त्रीको जिम्मेवारी हेरफेर गरे । २०७४ को आम निर्वाचनपछि दुई सरकार बनेका छन् । तर यस बीचमा युवा तथा खेलकुद मन्त्रालयमा पछिल्लो साढे ३ वर्षमा ५ मन्त्री फेरिएका छन् । पटक पटक खेलकुद मन्त्री फेरिदा खेलकुदमा स्थायित्वमा मात्र फरक परेको छैन, मन्त्रालयको काम कारबाही पनि गतिहिन छन् ।

मन्त्रालयको जिम्मेवारीमा आएका अधिकांश मन्त्रीले पूर्व मन्त्रीको ‘ट्याग’ लगाउनु बाहेक उल्लेख्य केही गर्न सकेनन् ।   

जगतबहादुर विश्वकर्मा :

प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनामा तत्कालिन सरकार प्रमुख केपी ओलीले सरकार विस्तार गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीका आएका थिए, जगतबहादुर विश्वकर्मा । भुगोलको राजनीतिमा रमाएर बसेका विश्वकर्मालाई ओलीले खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । खेलकुद मात्र नभएर केन्द्रिय राजनीतिका लागि विश्वकर्मा नयाँ नाम थिए ।

‘लो प्रोफाइल’मै बस्न रुचाउने, मिडियासँग खासै सम्पर्क नगर्ने स्वभावका विश्वकर्माले झण्डै तीन वर्ष युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाले । विश्वकर्माकै कार्यकालमा १३ औं साग सम्पन्न भयो । प्रतियोगिता आयोजना र सफलताको सबै जस सदस्य सचिव रमेशकुमार सिलवालले पाए । परिदृष्यमा नदेखिएपनि सागको सफल आयोजनामा विश्वकर्माको सहयोगी भुमिका रहेको थियो ।

No description available.

मन्त्रालयको दायरा र सिमा बुझेका विश्वकर्माले नीतिगत सवालमा ऐतिहासिक काम गरे । २०४६ को खेलकुद ऐनलाई प्रतिस्थापन गर्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बनाउनेदेखि कार्यान्वयनमा ल्याउन सक्रिय भुमिका खेले । ऐन कार्यान्वयनको सन्दर्भमा नियमावली बनाउनेदेखि खेलकुद नीति बनाउने गृहकार्य समेत अघि बढाएका थिए । तर आफैले ल्याएको खेलकुद ऐन उनले कार्यान्वयन गर्न पाएनन् ।

तत्कालिन नेकपाभित्रको अन्तरसंघर्ष र राजनीतिक उथलपुथलमा उनले मन्त्रीबाट हात धुनुपर्ने भयो । तर राष्ट्रिय खेलकुद विकास ऐनको निर्माण र कार्यान्वयनको सवालमा नेपाली खेलकुदले उनलाई सधै सम्झिरहनेछ ।

दावा लामा :

विश्वकर्माको बहिर्गमन र दावा लामाको खेलकुद मन्त्रीको रुपमा आगमन सँगसँगै रह्यो । नेकपा विभाजनमा केपी ओलीलाई साथ दिए वापत पूर्व माओवादी नेता दावाले खेलकुद मन्त्री पाएका थिए । प्रदेश सांसदमा पराजित लामालाई खेलकुद मन्त्रीको जिम्मेवारी दिएको भन्दै आलोचना समेत भएको थियो । संसद भंग गर्दै निर्वाचनको घोषणा भएको अवस्थामा मन्त्री बन्न पाएकोमा लामा दंग थिए ।

करिब ५ महिना मन्त्री बनेका दावाले कुनै उल्लेख्य काम गरेनन् । मन्त्रीको झण्डा हल्लाउनु बाहेक उनी खेलकुद मन्त्रीको रुपमा पूर्णत असफल सावित रहे । ऐन कार्यान्वयनको सन्दर्भमा चुपचाप रहे । नियमावली बनाउन कुनै चासो राखेनन् । बोर्ड बैठक बसाल्न कुनै जोड गरेनन् । खेलकुदको प्रसंग आउने बित्तिकै सदस्य सचिव रमेश सिलवालको नाम लिदै जिम्मेवारीबाट पन्छिए । राखेप सदस्य सचिव सिलवाललाई सार्वजनीक मञ्चकै दाई भनेर सम्बोधन गरेदेखि उनी खेलकुद वृत्तमा भाई मन्त्रीको रुपमा परिचित रहे ।

No description available.

जगतबहादुर विश्वकर्मालाई प्रतिस्थापन गर्दै २०७७ पुस १० गते युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा आएका उनी करिब ५ महिना झण्डा हल्लाउदै जेठ ६ गते जिम्मेवारीबाट मुक्त भए । सर्वोच्च अदालतले सांसद नभएका मन्त्रीलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमा सुनुवाई गर्दै दावा सहित तत्कालिन ७ मन्त्रीको नियुक्ति बदर गरेको थियो । 

एकवल मियाँ :

सांसद नभएको मन्त्रीको जिम्मेवारी सर्वोच्च खोसेपछि तत्कालिन प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा सामेल गराएका थिए । जसपा सरकारमा आएसँगै खेलकुद मन्त्री बने, एकवाल मियाँ । खेलकुदसँग कुनै साइनो नभएका मियाँ खेलकुद मन्त्री नियुक्त भएका थिए । तर उनले मन्त्री बनेको बधाईकै अनुभव पुरा गर्न पाएनन् । २०७८ जेठ २१ गते मन्त्री नियुक्त भएका उनले तीन हप्ता नबित्दै जिम्मेवारीबाट हात धुन पर्यो ।

No description available.

सर्वोच्च अदालतको आदेशसँगै मियाँ सहितका २० मन्त्री पदमुक्त भएका थिए । अदालतले संसद विगठन गर्दै मन्त्री परिषद् विस्तार गर्ने प्रधानमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै मियाँले समेत मन्त्रीबाट हात धुन परेको थियो ।

कृष्णगोपाल श्रेष्ठ :

सर्वोच्चले भएका मन्त्रीको जिम्मेवारी खोसेपछि तत्कालिन प्रधानमन्त्रीले भएका मन्त्रीलाई थप जिम्मेवारी दिए । क्याबिनेटका २० मन्त्रीको पद धरापमा परेपछि तत्कालिन मन्त्री कृष्णगोपाल श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएका थिए, प्रधानमन्त्री ओलीले । एउटै मन्त्रीले ५ वटा सम्म मन्त्रालयको जिम्मेवारी पाएपछि के हुन्छ ? एउटै मन्त्रालय सम्हाल्न गाह्रो हुने देशमा एउटा मन्त्रीले ५ मन्त्रालय कसरी चलाउने ?

No description available.

तर खेलकुदको जिम्मेवारी सम्हालेका कृष्णगोपालले खेलकुदमा एउटा गज्जवको निर्णय गरे, राखेपको बोर्ड बैठक आह्वान । राखेपको बोर्डलाई भुत्ते साविक गरेका खेलकुद मन्त्रीको बीचमा कृष्णगोपालले एउटा निकास दिन चाहेको देखिन्थ्यो । राखेपको बोर्ड बैठक असार २९ गते बोलाईएको थियो । तर एक दिन अगावै सर्वोच्च अदालतले दोस्रो पटक संसद विगठन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई असंवैधानिक ठहर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दियो । अदालतको आदेशसँगै नयाँ सरकार गठनको प्रकृया अघि बढ्यो । राखेपको पहिलो बोर्ड बैठक राख्ने तयारी गरेका श्रेष्ठनै जिम्मेवारीबाट मुक्त भए । 

महेश्वर गहतराज :

सत्ता गठबन्धनको निर्णय अनुसार सुरुवातमा युवा तथा खेलकुद मन्त्रालय माओवादी केन्द्रको भागमा परेको थिएन । सुरुवातमा खेलकुद मन्त्रालयले कांग्रेसले राख्ने तयारी गरेको थियो । तर अन्तिममा खानेपानी मन्त्रालय आफुले राख्दै प्रधानमन्त्री देउवाले खेलकुद माओवादी केन्द्रलाई दिने भए । र मन्त्रीको रुपमा आए, महेश्वर गहतराज ।

माओवादी केन्द्रभित्र कम अवसर पाएका केन्द्रिय नेता हुन्, गहतराज । पार्टीभित्र बौद्धिक र शालिन नेताको परिचय बनाएका गहतराज माओवादीबाट तीन जनामा मन्त्रीको जिम्मेवारी पाउने भाग्यमानी नेता पनि हुन् । सांसदको रुपमा सदन र विषयगत समितिमा सक्रिय रहने गहतराज मन्त्रीको जिम्मेवारीमा कसरी खरो उत्रन्छन् ? त्यो हेर्न बाँकी छ । तर अस्थिर राजनीति र अस्थिर बनेको खेलकुद मन्त्रालयमा पछिल्लो साढे ३ वर्षमा जिम्मेवारी पाउने गहतराज पाँचौं मन्त्री हुन् ।

No description available.

राखेपका बोर्ड सदस्य गोबिन्द भट्टराई खेलकुद मन्त्रालयमा छिटो छिटो मन्त्री फेरिदा खेलकुद राज्यको प्राथमिकतामा पर्न नसकेको बताउँछन् । ‘चाँडो चाँडो मन्त्री फेरिदा खेलकुद राज्यको प्राथमिकतामा परेन भन्ने देखिन्छ । यो क्षेत्र अतिरिक्त क्रियाकलापमा मात्र रहन गयो ।’ उनी भन्छन्, ‘यसले राष्ट्रिय महत्वको आयोजनामा खेलकुद पर्न सकेन ।’

‘खेलकुद मन्त्रालय नेतृत्व विहिन नभएको भए भुकम्प र कोभिडपछिको पर्यटनलाई ‘ट्रयाक’मा ल्याउन सकिन्यो । यसले केन्द्रिय बजेट पनि विस्तारै हट्दै गए । राष्ट्रिय नीति हिनता र गतिहिनता पैदा भयो ।’ उनी भन्छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP