काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाली टोलीसँग नेपाल नफर्की कुवेत प्रस्थान गरेका छन् ।
मुख्य प्रशिक्षक अल्मुताइरी माल्दिभ्सबाट कतार हुँदै घर फर्किएका हुन् ।
नेपाली टिम सोमबार बिहान स्वदेश फर्किएका छन् । तर, कतारको दोहासम्म नेपाली टिमसँग रहेका अल्मुताइरी घर लागेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक अल्मुताइरी केहि समय परिवारसँग बिताएर नेपाल फर्कने जानकारी गराएको छ ।
कुवेती प्रशिक्षक अल्मुताइरीले साफको फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए ।
एन्फाले उनलाई साफ च्याम्पियनसिपसम्मको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
प्रशिक्षक अल्मुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको थियो ।
मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।
फाइनलमा पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्नबाट बन्चित भएको थियो । तर, नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।