काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले रोमालाई हराएको छ ।
आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई १-० ले हराएको हो ।
युभेन्ट्सको जितमा मोइस किनले निर्णायक गोल गरे ।
उनले खेलको १६ औं मिनेटमा गोल गरेका थिए ।

खेलको ४४ औं मिनेटमा रोमाले बराबरीको अवसर पाएको थियो ।
तर, रोमाका जोर्डन भेरेटआउटले पेनाल्टीमा गोल गर्न सकेनन ।
उनको प्रहार युभेन्ट्सका गोलकिपरले बचाए ।
यस जितसँगै युभेन्ट्सले ८ खेलमा १४ अंक जोडेको छ ।
युभेन्ट्स सातौं स्थानमा रहेको छ ।
रोमा १५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
