काठमाडौं । बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाले युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले खेलाडीलाई नभई पैसालाई प्राथमिकता दिएको आरोप लगाएका छन्।
यूईएफए नेसन्स लिग अन्तर्गत इटालीविरुद्धको तेस्रो स्थानको लागि भएको खेलपछि कोर्टुवाले उक्त आरोप लगाएका हुन् ।
रियल मड्रिडका गोलकिपर कोर्टुवाले यूईएफएले खेलाडीलाई 'रोबर्ट' को व्यवहार गरिरहेको समेत बताए ।
'यो मात्र पैसाको खेल हो । हामी यसमा ईमानदार हुनु पर्छ,' कोर्टुवाले स्काई स्पोर्ट्ससँग भने,'हामी मात्र यसको लागि खेलेका छौँ । किनकि यूईएफएका लागि यो अतिरिक्त पैसा हो । र, यो टिभिका लागि अतिरिक्त खेल हो ।'
बेल्जियमले आइतबार राति इटालीविरुद्ध खेलेको थियो । जुन खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली तेस्रो भएको थियो ।