काठमाडौं । ब्राजिलियन फरवार्ड नेयमार चाडै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मनासयमा पुगेका छन् ।
२९ वर्षीय नेयमारले आगामी वर्ष हुने विश्वकप ब्राजिलका लागि आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।
उनले २०२२ पछिको विश्वकपका लागि आफू मानसिक रुपमा समक्ष रहने वा नरहनेबारे थाहा नभएको समेत उल्लेख गरे ।
उनले सो धारणा डिएडेजएनले बनाएको डकुमेन्ट्री ‘नेयमार एण्ड द लाईन अफ किङग्स’ मा राखेका छन् ।
‘मलाई लाग्छ यो (२०२२) को विश्वकप मेरो लागि अन्तिम हुनेछ । मलाई लाग्छ यो अन्तिम विश्वकप हुनेछ किनभने मलाई थाहा छैन म मानसिक रुपमा फुटबलका लागि सक्षम हुनेछु वा हुनेछैन,’ नेयमारले भने ।
नेयमारले विश्वकपको छनौट खेल अन्तर्गत आईतबार ब्राजिलका लागि खेलेका थिए । जसमा ब्राजिल कोलम्बियासँग गोलरहित बराबरी खेल्यो ।