काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।
मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको छ ।
पहिलो हाफमा भारतले बलमा पकड जमाएपनि गोल गर्न सकेन । भारतका कप्तान सुनिल क्षेत्रीले ३३ औं मिनेटमा गोलको अवसर खेर फालेका थिए ।
नेपालका कप्तान किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।
पहिलो हाफमा नेपालले भारतविरुद्ध कुनैपनि डरलाग्दो पोस्ट आक्रमण गर्न सकेन ।

नेपालले तेस्रो खेलमा भारतसँग खेलिरहेको हो । जारी प्रतियोगितामा नेपाल ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्छ ।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो । दोस्रो खेल नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो ।
भारत २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो ।