नेसन्स लिगमा इटाली तेस्रो
आइतबार, २४ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इटालीले तेस्रो स्थान हासिल गरेको छ ।
आइतबार भएको खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटाली तेस्रो भएको हो ।
इटालीलाई जित दिलाउन निकोलो बारेल्ला र डोमिनिको बेरार्डीले एक एक गोल गरे ।
बेल्जियमका चार्लेस डी केटेलारेले एक गोल फर्काए ।
नेसन्स लिगको फाइनलमा आज राति स्पेन र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।









-1776255486335.jpeg&w=3840&q=75)
-1776247934011.jpg&w=3840&q=75)

