स्पोर्ट्स एकेडेमी साँगा सी डिभिजनमा बढुवा
आइतबार, २४ आश्विन २०७८खेलपाटी संवाददाता

काभ्रेको स्पोर्ट्स एकेडेमी साँगाका खेलाडी । फाेटाे : खेलपाटी
काठमाडौं । काभ्रेको स्पोर्ट्स एकेडेमी साँगा सी डिभिजनमा बढुवा भएको छ ।
आईतबार भएको फाईनलमा काठमाडौंको संयुक्त नमुना युथ क्लबलाई पराजित गर्दै स्पोर्ट्स एकेडेमी सी डिभिजनमा छनोट भएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा स्पोर्ट्स एकेडेमीले संयुक्त नमुनालाई १–० ले हरायो ।
आईतबारको पहिलो खेलमा पेनाल्टी सुटआउटमा जित निकाल्दै आरसी–३२ सी डिभिजनमा छनोट भएको थियो ।
आरसी–३२ ले झापाको समाजसेवी क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित गर्यो ।
योसंगै यस वर्ष सी डिभिजनमा बढुवा हुने दुई टिमको टुङ्गो लागेको छ ।
अन्तिम टिमको टुङ्गो सोमबार हुनेछ । अन्तिम फाईनल खेलमा बाजुराको रानीवन र नुवाकोट सोमबार भिड्नेछन् ।









-1776255486335.jpeg&w=3840&q=75)
-1776247934011.jpg&w=3840&q=75)

