श्रीलंकालाई हराउँदै माल्दिभ्स दोस्रो स्थानमा
आइतबार, २४ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टिम माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा दोस्रो जित निकालेको छ ।
मालेस्थित राष्ट्रिय रंगशालामा आइतबार श्रीलंकालाई १-० गोल अन्तरले हराउँदै माल्दिभ्सले दोस्रो जित निकालेको हो।
माल्दिभ्सको जितमा अलि अस्फाकले निर्णायक गोल गरे ।
खेलको छैटौं मिनेटमा अस्फाकले निर्णायक गोल गरेका थिए ।
यस जितसँगै माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ । माल्दिभ्सले ३ खेलमा ६ अंक जोडेको छ ।
माल्दिभ्सले फाइनलमा स्थान बनाउने सम्भावना बलियो समेत बनाएको छ ।
श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पुछारको श्रीलंकाले ४ खेलमा १ अंक जोडेको छ । नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।









-1776255486335.jpeg&w=3840&q=75)
-1776247934011.jpg&w=3840&q=75)

