काठमाडौं । फिफा विश्वकपको युरोपियन छनोटमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा इंग्ल्यान्डले एन्डोरालाई ५-० गोल अन्तरले पराजित गरेको छ ।
इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, टामी इब्राहिम,जेम्स वार्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे ।
एन्डोराको मैदानमा खेलको १७ औं मिनेटमा चिलवेलले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४० औं मिनेटमा साकाले गोल गर्दै चिलवेललाई २-० को अग्रता दिलाए ।

५९ औं मिनेटमा इब्राहिमले गोल गर्दा इंग्ल्यान्डको अग्रता ३-० को बन्यो ।
खेलको ७९ औं मिनेटमा जेम्सले गोल गरेपछि इंग्ल्यान्ड ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८६ औं मिनेटमा ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५-० को जित दिलाए ।
यस जितसँगै इंग्ल्यान्ड विश्वकप नजिक पुगेको छ ।
समूह 'आई' मा रहेको इंग्ल्यान्डले ७ खेलमा १९ अंक जोडेको छ ।
इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।
एन्डोरा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
