काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा क्रोएसियाले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा क्रोएसियाले साइप्रसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
क्रोएसियाको जितमा इभान पेरिसिच,जोस्को गुभार्डियोल र मार्को लिभाजाले एक एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा पेरिसिचको गोलबाट क्रोएसियाले सुरुआती अग्रता बनाएको थियो ।
खेलको ८० औं मिनेटमा जोस्कोले गोल गर्दा क्रोएसियाले २-० को अग्रता बनायो ।

त्यसपछि खेलको इन्जुरी समयमा मार्कोले गोल गर्दै क्रोएसियालाई ३-० को जित दिलाए ।
त्यसअघि खेलको ५४ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्न सकेनन् ।
यस जितसँगै समूह एचको क्रोएसियाले ७ खेलमा १६ अंक जोडेको छ ।
क्रोएसिया शीर्ष स्थानमा रहेको छ ।
साइप्रस ४ अंक जोडेर पुछारमा रहेको छ ।