एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक

काठमाडौं। फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई ट्रेबल दिलाएका प्रशिक्षक लुइस एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। टोलीलाई ऐतिहासिक ट्रेबल जिताएबापत उत्कृष्ट प्रशिक्षक घोषित हुँदै उनले ‘योहान क्रुइफ ट्रफी’ प्राप्त गरेका हुन्।
सोमबार पेरिसमा सम्पन्न भव्य बालोन डी’ओर समारोहमा फ्रान्सेली पत्रिका फ्रान्स फुटबलले एनरिकेलाई पुरुष फुटबलतर्फ वर्षको उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो।
एनरिकेले यस अवार्डका लागि बार्सिलोनाका हान्सी फ्लिक, लिभरपुलका आर्ने स्लट, चेल्सीका एन्जो मारेस्का र नापोलीका अन्टोनियो कन्टेलाई पछि पारे। उनको नेतृत्वमा पीएसजीले क्लबको इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग जितेको थियो।
त्यससँगै टोलीले लिग १, फ्रेन्च कप र फ्रेन्च सुपर कपसमेत जितेर अभूतपूर्व उपलब्धि हासिल गर्यो। पीएसजी यो उपलब्धि हासिल गर्ने पहिलो फ्रान्सेली क्लब बनेको हो।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



