काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा नेदरल्यान्ड्सले जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले लाटभियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नेदरल्यान्ड्सको जितमा डाभी क्लासेनले निर्णायक गोल गरे ।
क्लासेनले खेलको १९ औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै नेदरल्यान्ड्स समूह 'जी' को शीर्ष स्थानमा उक्लिएको छ ।
नेदरल्यान्ड्सले ७ खेलमा १४ अंक जोडेको छ ।
लाटभिया ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा नर्वेले टर्कीसँग १-१ गोलको बराबरी खेलेको छ ।
मोन्टेग्रोले जिब्राल्टरलाई ३-० ले हराएको छ ।