रोनाल्डोलाई प्लेयर अफ दि मन्थ अवार्ड
शुक्रबार, २२ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका छन् ।
इंग्लिस प्रिमियर लिग फुटबलमा सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले प्लेयर अफ दि मन्थ अवार्ड जितेका हुन् ।
पोर्चुगिज फरवार्ड रोनाल्डोले सेप्टेम्बरमा ३ गोल गरेका थिए ।
युभेन्ट्सबाट युनाईटेड आएपछि उनले उत्कृष्ट खेलिरहेका छन् ।
रोनाल्डोले म्यानचेस्टर युनाईटेडको प्लेयर अफ दि मन्थ अवार्ड समेत जितेका थिए ।









-1776255486335.jpeg&w=3840&q=75)
-1776247934011.jpg&w=3840&q=75)

