धनगढी । धनगढीमा भएको पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि अमर मोबाईल ग्यालरीले जितेको छ ।
देउथान युवा क्लबको आयोजना भएको प्रतियोगिताको उपाधि अमर मोबाईल ग्यालरीले जितेको हो ।
फाईनलमा रातोपुल युवा क्लबलाई ४–३ ले हराउँदै मोबाईल ग्यालरी च्याम्पीयन भएको हो ।
विजेता भएसँगै अमर मोबाईले नगद एक लाख पाएको छ भने उपविजेता रातोपुलले ५० हजार नगद पाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक एस वाईनका नवीन छत्याल भएका छन् ।
प्रतियोगितामा ५० भन्दा बढी टीमहरुको सहभागीता रहेको थियो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई देउथान युवा क्लबका अध्यक्ष कृष्ण चौधरी, हसनपुर युवा क्लबका अध्यक्ष तेज बम र स्टार सिटी युवा क्लबका अध्यक्ष कुमार शाही लगायतले पुरस्कार वितरण गरेका छन् ।
यसअघि प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का वडाध्यक्ष हिरासिंह पातली र वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले उद्घाटन गरेका थिए ।