काठमाडौं । नेभाडाको एक संघीय मजिस्टेस्ट न्यायाधिशले बलात्कार मुद्दामा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको पक्षमा फैसला गरेको छ ।
तर, न्यायाधिश ड्यानियल अलब्रेट्सले रोनाल्डोको वकिलको पक्ष लिएका हुन् ।
मुद्दाको सुनुवाई गर्ने न्यायाधिश ड्यानियलले एक सिफारिसमा मेयोर्गाका वकिल लेस्ली मार्क स्टोभलमाथि चुहावट तथा चोरी भएको कागजातको आधारमा मुद्दा लगाएको आरोप लगाए ।
उक्त कागजात रोनाल्डो र उनका वकिलबीच भएको विशेष अधिकार प्राप्त कुराकानी हो ।
‘मेयोर्गाको वकिलको अनुपयुक्त आचरणका लागि मेयर्गाको मुद्दा खारेजी एक कठोर परिणाम हो,’ न्यायाधिश ड्यानियलले अमेरिकी डिस्ट्रीक्ट न्यायाधिश जेनिफर डोर्सीलाई दिएको सिफारिसमा लेखे ।
तर ड्यानियलको सिफारिस डोर्सीले कहिले लिने भन्ने मिति तय भएको छैन ।
‘स्टोभलले आफ्ना ग्राहक तथा उनको पेशाप्रति खराब आचरण तथा विश्वास देखाएर काम गरेकी छन्,’ ड्यानियलले निर्णय गरे ।
ड्यानियलले रोनाल्डाबाट कुनै अपराध नभएको तथा मेयोर्गाले सन् २०१० मा गोप्य रुपमा ३ लाख ७५ हजार अमेरिकी डलर लिएर आपराधिक मुद्दा छोडेपछि उनलाई रोनोल्डोको वकिल अथवा प्रतिनिधिले धम्कि दिएको वा कानून कार्यान्वयनमा बाधा पुर्याएको कुनै प्रमाण अदालतले फेला नपारेको समेत जनाए ।