अमेरिका शीर्ष स्थानमा
शुक्रबार, २२ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत कोन्काफको छनोटमा अमेरिकाले जमैकालाई हराएको छ ।
शुक्रबार बिहान भएको खेलमा अमेरिकाले जमैकालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अमेरिकाको जितमा रिकार्डो पेपीले दुई गोल गरे ।
खेलको ४२ औं मिनेटमा पेपीले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा पेपीले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई २-० को जित दिलाए ।
यस जितसँगै अमेरिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
अमेरिकाले ४ खेलमा ८ अंक जोडेको छ ।
जमैका १ अंक जोडेर पुछारमा रहेको छ ।









-1776255486335.jpeg&w=3840&q=75)
-1776247934011.jpg&w=3840&q=75)

