काठमाडौं । साउदी अरेबिया कोषले इंग्लिस क्लब न्युकासल युनाईटेड खरिद गरेको छ ।
साउदी कोषले ३ सय मिलियन पाउण्डमा न्युकासलको स्वामित्व खरिद गरेको हो ।
प्रिमियर लिगले बिहीबार क्लबको स्वामित्व साउदी कोषले किनेको जनाएको छ ।
साउदी कोषले न्युकासलको ८० प्रतिशत स्वामित्व खरिद गरेको हो । बाँकी स्वामित्व भने आमान्डा स्टेभेली र रुबेन ब्रोदर्सको नाममा रहेको छ ।
साउदीको ग्रुपले धेरै अगाडीबाट न्युकासल किन्न खोजिरहेको थियो । तर, पूर्णता पाउन सकेको थिएन ।
तर, क्लब संचालन गर्न साउदी सरकारले हस्तक्षेप नगर्ने प्रतिबद्दता व्यक्त गरेपछि खरिद प्रक्रियाले पूर्णता पाएको हो ।
यस अघि न्युकासलको स्वामित्व माइक एस्लीसँग रहेको थियो । तर, उनले क्लब सम्हाल्न सकिरहेका थिएनन् । उनको आलोचना हुने गरेको थियो ।
अरेबियन लगानी आएपछि न्युकासलको मुहार फेरिने आँकलन गरिएको छ । खेलाडी किनबेचमा न्युकासल आक्रमक रुपमा अघि बढ्ने देखिएको छ।