क्यानले गर्यो भारतीय कम्पनीसँगको सम्झौता रद्द
बिहिबार, २१ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौता रद्द गरेको छ ।
क्यानको बिहीबार सकिएको बोर्ड बैठकले दिल्लीको कम्पनी सेभेन थ्री सँगको सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
क्यानले नेपाल टी-ट्वान्टी लिग आयोजनाका लागि भारतीय कम्पनीसँग सम्झौता गरेको थियो ।
तर, नेपाल सरकारले अनुमति नदिएपछि क्यानले सम्झौता रद्द गर्ने निर्णय गरेको हो ।
क्यानले उक्त कम्पनीले सरकारको अनुमति पूर्व गर्नु पर्ने सम्झौताका कार्यहरु गर्न नसकेको समेत जनाएको छ।











-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

