काठमाडौं । लियोनल मेस्सीसँगको सम्झौता घोषणा गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो बेवसाईटमा मेस्सीको १ लाख ५० हजार जर्सी बेच्नका लागि राख्यो । केवल सात मिनेटभित्रै सबै जर्सी बिक्री भए ।
यस अघि पीएसजीले चार वर्ष अघि नेयमारलाई भित्र्याउदा भन्दा पनि अर्जेन्टिनाका सुपरस्टार मेस्सीको आगमनलाई लिएर गरिएको स्वागत आश्चर्यचकित पार्ने खालको छ ।
तर, मेस्सीको लागि यो विल्कुनै नयाँ अनुभव हो । १३ वर्षकै उमेरमा बार्सिलोनामा आबद्द भएका मेस्सी अहिले ३४ वर्षका भईसकेका छन् । अहिले उनी तथा उनको परिवार नयाँ स्थानमा घुलमिल हुन खोजीरहेको छ ।
मेस्सी यस अघि सन् २०१९ मा छैटौं पटकको बालोन डी'ओर लिन फ्रान्स आएका थिए ।
मेस्सी जब फ्रान्स आए सोही समयदेखि पीएसजीका सबैले उनलाई सहज पार्ने ठूलो प्रयास गरिरहेका छन् । पीएसजीका एन्डर हरेराले मेस्सीसहित अन्यलाई आफ्नै घरमा बोलाए र बार्बिक्यू गरेर जन्मदिन मनाए भने मेस्सीलाई ड्रेसिङ रुममा पनि सबैले सहयोग गरिरहेका छन् ।

रियल मड्रिडका पूर्व डिफेन्डर सर्जियो रामोसले पनि उनलाई स्वागत गरे । यस्तै एन्जल डि मारिया, नेयमार र लियान्द्रो पारेडेसलाई अनुबन्धन गर्ने कुरामा छलफल समेत गरे । त्यतिमात्र नभएर नेयमारले १० नम्बरको जर्सी लगाउनका लागि आग्रह गरे जसलाई मेस्सीले अस्विकार गर्दै ३० नम्बरको जर्सी छनौट गरे ।
पीएसजीका मुख्य प्रशिक्षक तथा अर्जेन्टिनी नागरिक माउरिसियो पोचेटिनोसँगको राम्रो सम्बन्धकै कारणपनि मेस्सी पीएसजीमा आबद्द भएको कुरा चर्चामा छ ।
पीएसजीको पहिलो दिनको अभ्यासका क्रममा मेस्सीलाई कोचका छोरा सेबास्टीयानो पोचेटिनोले जिमका सामाग्री देखाए जसबाट उनी दोधारमा परे किनभने मेस्सीले पोचेटिनोलाई केही समय पहिलासम्म बार्सिलोनाको फ्ल्याट वरीपरी कुद्ने बच्चाको रुपमा देखेका थिए र उसले मेस्सीलाई अभ्यासका लागि सुझाव दिइरहेका थिए ।
अर्कोतर्फ उनी ति जिमका सामानलाई के गर्ने भन्ने कुरामा अन्योलमा थिए । तर उनका लागि मैदानमा भने खासै केही नौलो थिएन । उनको पहिलो खेलमा रेम्ससँग २-० जितमा खेल उनको वरीपरी घुमेको थियो ।

अर्कोतर्फ नेयमारले आफूलाई पुन: विंगरको रुपमा पाएको छ जुन स्थान उनी बार्सिलोनामा मेस्सीसँग खेल्दा हुने गरेको थियो । यता पोचेटिनालाई भने मेस्सी, नेयमार र एमबाप्पेबीचको सन्तुलन मिलाउन चूनौतीपूर्ण हुने बताइन्छ । यस्तै तीन जना फरवार्डले कडा मेहनत गर्नुपर्ने देखिन्छ ।
सेप्टेम्बर २० मा पीएसजीले लियोनलाई २-१ ले पराजित गर्दा मेस्सीको स्थानमा अर्को खेलाडी मैदानमा पठाउदा उनको बारेमा स्तब्ध र विचलित भएको विचारहरु आएका थिए । तर, प्रशिक्षक पोचेटिनोले मेस्सीले घुँडामा असहज महसुस गरेपछि अर्को खेलाडी पठाएका थिए । त्यसपछि मेस्सीले केही दिनसम्म अभ्यासमा आउन सकेनन ।
मेस्सीको टिमप्रतिको लगावको बारेमा कहिल्यै प्रश्न उठेन र उनले यस कुरालाई प्रमाणित समेत गरिदिए । जब उनले म्यानचेस्टर सिटीविरुद्ध ७४ औं मिनेटमा गोल गर्दै टोलीलाई २-० को जित दिलाए । सो खेलमा उनले रक्षात्मक भूमिकामा देखिए । उनलाई सो स्थानका लागि कप्तान मार्क्विन्होसले आग्रह गरे जुन कुरा मेस्सीले केही नसोची स्वीकारे ।
फ्रेन्च लिग अन्तर्गत रेनेससँग २-० को पराजयले मात्र मेस्सीलाई समस्यामा पार्यो । अर्कोतर्फ फ्रान्सेली पत्रिका एलइक्वीपमा सम्झौताको विस्तृत र पारिश्रमिकको बारेमा जानकारी छापिदा भने मेस्सी खुसी देखिएनन् ।

स्पेनमा हुदा उनको पारिश्रमिक सार्वजनिक हुन वर्षौ लाग्यो भने फ्रान्समा केवल दुई महिना । तर, सार्वजनिक भएको विवरण सत्य नभएको बताइएको छ ।
यता स्थानीय पत्रिकाले भने मेस्सीको परिवारले कस्तो खाले घर खरिद गर्न लागेको बारेमा निरन्तर समाचारहरु प्रकाशित गरिरहेकोछ । स्पेनमा फुटबलकोबारे कुरा हुँदा उनीको परिवारको गोपनियतालाई सम्मान गरिएको थियो भने फ्रान्समा भने उनको सम्पतीसहित अन्य सबै कुरामा चासो दिइने गरिएको छ, जसबाट सुरक्षा चुनौती बढ्ने भन्दै मेस्सी खुसी छैनन् । उनीहरु अहिले घरको खोजीमा रहेको बताइन्छ ।
-बीबीसीको सहयोगमा