काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछन् ।
मालेस्थित राष्ट्रिय स्टेडियममा हुने पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
साफ फुटबलमा सर्वाधिक सफल टिम भारत पहिलो जित निकाल्ने योजनामा रहेको छ ।
भारतले पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।
श्रीलंकाविरुद्ध भने भारत स्पस्ट ३ अंक जोड्न चाहन्छ । भारतले १ खेलमा १ अंक जोडेको छ ।
यता, श्रीलंका पनि पहिलो जितको खोजीमा हुनेछ । श्रीलंकाले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो ।
पहिलो खेलमा बंगलादेशसँग पराजित श्रीलंका दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो । श्रीलंकाले दुई खेलमा अंक जोड्न सकेको छैन ।
आजै हुने दोस्रो खेलमा आयोजक माल्दिभ्सले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुनेछ ।
माल्दिभ्स आज पहिलो जितको खोजीमा हुनेछ । माल्दिभ्स पहिलो खेलमा नेपालसँग पराजित भएको थियो । माल्दिभ्सले अंक जोड्न सकेको छैन ।
बंगलादेश भने दोस्रो जितको खोजीमा हुनेछ । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई हराएको थियो । दोस्रो खेलमा भने भारतसँग रोमान्चक बराबरी खेलेको थियो ।
बंगलादेश २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।